|

जाजरकोट : जिल्लाको भेरी नगरपालिका–१३ कुदुमा भतिजाले दाउरो प्रहार गरी काकाको हत्या गरेका छन्।

मंगलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय आफ्नै काका मोहन विकलाई दाउरो प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली ( नाँसो) खाना भाई, छोरा जम्मा भएको समयमा मदिरा सेवनगरी विवाद हुँदा दाउरो प्रहार भएको प्रहरीको भनाइ छ।

मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुर सुनारलाई नियन्त्रण लिएको छ। घटनाका आरोपित मानबहादुर सुनारको पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.