राजनीति

गल्ती गर्ने त्रिविका कर्मचारीमाथि कडा कारवाही गर्ने प्रधामन्त्रीको चेतावनी
SHARES

असार २५, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

    त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कार्वाही हुने बताएका हुन्। त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे।

    प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले मुलुकको आवश्यक्ताअनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयलाई आग्रह गरे।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवीनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीलाई सचेत गराए। उनले विश्वविद्यालयभित्र कल्पनासमेत गर्न नसकिने खालका बेथिति भित्रिएको उल्लेख गर्दै दुःख पनि व्यक्त गरे।

    बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]