|

काठमाडौं : डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको छ। यसअघि पनि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो।

बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन्।

आक्रमणपछि चिकित्सकहरूले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका छन्।

प्रहरीले बुधबार बिहान साढे ११ बजे अमरगढी नगरपालिका ११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्‍याइको थियो। चिकित्सकहरूले ११ः३५ तिर शवको पोष्टमार्टम सुरु गरेका थिए।

वडा अध्यक्ष खड्काको नेतृत्वमा आएको भिडले पोष्टमार्टम गरिरहेका डाक्टरलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुंगा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा. जीवन खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.