|
file Photo

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित कर्णाली नदीमा खसेको जीपसहित १० जना यात्रुमध्ये २२ दिनपछि एक जनाको शव भेटिएको छ।

अन्य ९ जान अझै बेपता रहेको प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले बताए। कर्णाली नदीमा भेटिएको शव खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको रहेको उनले बताए। असार ३ गते खार्पुनाथ गाउँपालिका बेडुबिसौनानजिकै रहेको कच्ची सडकबाट १९ मिटर तल कर्णाली नदीमा जीप खसेको थियो।

खार्पुनाथदेखि ४५ कोष टाढा दक्षिणमा रहेको सर्केगाढ गाउँपालिका ४, दुल्ली र मुन्डीस्थित नागरा भन्ने स्थानमा उपाध्यक्ष हमालको शब भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। 

कर्णाली नदीकै छेउमा भेटिएको शव भेटिएको सूचना पाएलगत्तै हेलिकोप्टरमार्फत् प्रजिअ ढंकाल, प्रहरी, मृतक आफन्तलगायतको टोली शव भएको स्थानमा पुगेको थियो। बुधबार नै पोष्टमार्टमपछि शव उपाध्यक्षकै श्रीमानलाई बुझाई हिन्दुधर्म संस्कारअनुसार दाससंस्कार गरिएको प्रजिअ ढकालले बताए।

गोताखोरको टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले  हप्तौदिन खोजीकार्य गरेका थिए। प्रहरीले दिएको जानकारीअनुसार अझै ९ जना बेपत्ता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.