|

काठमाडौं : विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत न्यूजील्यान्डविरुद्धको पहिलो सेमिफाइनलमा खेलमा भारतले कम्जोर सुरुवात गरेको छ। 

मंगलबार न्यूजील्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो ।न्यूजील्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधबार जवाफका लागि उत्रेको हो । 

बुधबार न्यूजील्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएको अवस्थामा २११ रनबाट अगाडि खेल्दै अन्तिम २३ बलमा २८ रन बनाएर भारतलाई २४० रनको लक्ष्य दिएको थियो । 

नौ वर्षयता भारतका टप अर्डरका ब्याट्म्यानले सबैभन्दा खराब प्रदर्शन गरेको खेलमा ओपनरहरु केएल राहुल, रोहित शर्मा र कप्तान विराट कोहली एक एक रनको व्यक्तिगत स्कोरमा आउट भए । 

भारतका लागि राहुलले ७ बलमा १ रन, रोहित शर्माले ४ बलमा १ रन र विराटले ६ बलमा १ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि आएका व्याट्सम्यानले पनि गतिलो खेल्न सकेनन्। 

चौथो क्रमका रिशब पन्तले ५६ बलमा ३२ रन बनाएर आउट भए । उनको पारीमा चार चौका पनि हाने। त्यसैगरी दिनेश कार्थिकले २५ बलमा ६ रन बनाए । उनले एक चौका पनि हानेका थिए । ताजा अवस्थामा भारतले २७ ओभर खेल्दै ५ विकेटको क्षतिमा ८२ रन मात्रै बनाउन सकेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.