|

सिरहा : सामान्यतया गाउँघरको विकास निर्माणका लागि जनप्रतिनिधिले बजेट र कार्यक्रमले भ्याएसम्म विकासको काम संचालन गर्ने कवोल गर्छन्। कतिपयले आफूले गरेको कवोलअनुसार काम पनि गरिरहेका छन् सिरहाको एक स्थानीय तहका वडध्यक्ष भने गाउँमा सडक बनाउने क्रममा बजेटले नभ्याएपछि अर्को बजेटमा बनाइदिने कवोल गर्दागर्दै पनि कपाली कागज बनाउन बाध्य बनाइएका छन्।

सिरहाको सुखीपुर नगरपालिका ८ का वडाध्यक्ष हरिवंश महतो उक्त वडाको ललसैयाकट्टी गाउँमा नगर तथा प्रदेश सांसद्को बजेटबाट बनाइएको आरसिसी ढलानको सडक बजेट सकिएर केही बाँकी रहेपछि कपाली कागजमा सहीछाप गराउन बाध्य बनाइएका हुन्। वडाध्यक्ष महतोका अनुसार असार २२ गते भएको गाउँलेको भेलामा निर्माण बाँकी रहेको सडक आगामी आर्थिक वर्षको बजेटमा पूरा गर्ने कवोल गरे पनि गाउँलेले नमानेपछि स्थानीय रामचन्द्र यादवबाट २० लाख रुपैयाँ लिएको कपाली कागजमा सहीछाप गराउन बाध्य बनाइएका हुन्।

नगरको २० लाख र प्रदेश सांसद् मदनसन श्रीवास्तवको निर्वाचन क्षेत्र विका कार्यक्रमअन्तर्गत ५० लाख गरी ७० लाखको बजेटमा ललसैयाकट्टी गाउँमा साढे १५ फिट चौडाइको करिब साढे चासय मिटर लामो सडक बनाइएको वडाध्यक्ष महतोले बताए। विनियोजित बजेटबाट योजनाअनुसार करिब एक सय मिटर खण्ड बाँकी रहेपछि गाउँलेलाई अर्को आवमा बनाइदिने कवोल गरे पनि नमानेपछि २० लाख रुपैयाँ लिएको कागजमा सही गराइएको वडाध्यक्ष महतोले बताए।

गाउँलेको दवावमा कपालीमा सहीछाप गराएको विषयमा नगर प्रमुखलाई मौखिक रुपमा जानकारी गराएको जानकारी दिँदै उनले घरखर्चका लागि लिएको भन्दै दबावमा २० लाख रुपैयाँको कागजमा सही गर्न लगाएपछि आफू अप्ठ्यारोमा परेको उनको गुनासो छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.