|

सर्लाही : प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) समूहका सर्लाही जील्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनामा आफ्ना पार्टीका नेतालाई मुछिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले आपत्ति जनाएको छ।

पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्रहरी कारवाहीमा मारिएका पौडेलको घटनामा पार्टीका नेता एवं बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालगायत पार्टीका नेतालाई आरोप लगाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा नेकपा कुनै पनि हत्या, हिंसा वा गैर–कानुनी काम कारवाहीमा संलग्न नभएको स्पष्ट पारिएको छ।

पौडेल मारिएको घटनामा पार्टीका कुनै पनि जनप्रतिनिधि वा कार्यकर्ताको संलग्नता नरहेको अध्यक्ष पन्तले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पौडेलको मृत्यु सम्बन्धमा राज्यका विभिन्न निकाय, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकारवादी संघसंस्था र प्रतिनिधिसभामा नै छानबिन तथा छलफल भइरहेकाले यथार्त तथ्य चाँडै आउनेमा नेकपाले विश्वास व्यक्त गरेको छ।

घटनाको सम्बन्धमा विगत केही समयदेखि सामाजिक सञ्जालमा विभिन्न खालका आरोप वा भ्रामक सामग्री आएको भन्दै अस्वस्थ्य गतिविधि नगर्न नेकपा सर्लाहीले सबैसँग आग्रहसमेत गरेको छ।

बागमती नगरपालिका–२ धरहरा निवासी विप्लवका सर्लाही इन्चार्ज पौडेलको असार ५ गते लालबन्दी नगरपालिका–१ र १० को सिमानामा पर्ने चन्द्रपुर जङ्गलमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो। प्रहरीले पौडेल दोहोरो भीडन्तमा मारिएको दावी गर्दै आए पनि मृतकका परिवारले उनलाई नियन्त्रणमा लिएर निमर्मता पूर्वक हत्या गरिएको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.