|

चितवन : ट्रकले ठक्करबाट चितवनमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका ८ का ३५ वर्षीय दुख माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्नेक्रममा माझीलाई बुधवार राति ८ : ४० बजे ठक्कर दिएको थियो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ः ४० बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। 

ठक्करबाट अर्का एक घाइते भएका छन्। मृतक दुखसँगै हिडीरहेका चन्द्रनिगाहापुर ८ कै ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।  
मृतक र घाइते रोपाईका लागि चितवन आएका कामदार रहेको बताइएको छ। खाना खान सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए। ठक्कर दिएर फरार रहेको ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.