|

 विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज  साबिक विजेता अष्ट्रेलिया र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ। 

बेलायतको बर्मिघममा नेपाली समय अनुसार अपरान्ह सवा तीन बजे हुने हुने खेलमा पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

घरेलु टोली ईङ्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ। अष्ट्रेलिया सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाईनल पुगेको थियो। जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो। बाँकी खेलमा उसले उपाधि उचालेको छ। 

इङ्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो। तर तीनै पटक उपविजेतामा समेटियो। अष्ट्रेलिया यस विश्वकपमा समुह चरणमा ९ म्याचमा ७ खेल जितेको थियो।  दुई खेलमा पराजय  भएको छ। 

लीग चरणमा इङ्ल्याण्ड अष्ट्रेलियासँग ६४ रनले हारेको थियो। आजको विजेताले फाइनलमा न्यूजिल्यान्डको सामना गर्ने छ। फाइनल खेल आइतबार हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.