|

भारतको मनोरञ्जन पत्रकार समाजले अभिनेत्री कंगना रनौतसँग सम्बन्धित समाचार बहिष्कार गर्ने घोषणा गरेको छ। गलत आरोप लगाउँदै पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा यस्तो घोषणा गरिएको हो।

कंगलाले रिलिजको संघारमा रहेको आफ्नो चलचित्र ‘जजमेन्टल है क्या’ को प्रचारका लागि गत आइतबार आयोजित एक कार्यक्रममा पिटिआईका पत्रकार जस्टिन रावमाथि आफ्नो र आफ्नो अघिल्लो चलचित्र ‘मणीकर्णिका’बारे दुष्प्रचार गरेको आरोप लगाएकी थिइन्।

उक्त आरोपपछि आक्रोशित बनेका पत्रकारहरुले ‘जजमेन्टल है क्या’ की निर्मात्री एकता कपुरलाई पत्र लेख्दै कंगनाले सार्वजनिक रुपमा माफी नमागेसम्म समाचार बहिष्कार गर्ने बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.