पर्यटकको आकर्षक गन्तव्य बन्दै

|

कञ्चनपुर  : कञ्चनपुरको धार्मिक पर्यटकीय क्षेत्र बेदकोट पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको छ। तराईको गर्मी छल्नका लागि यस क्षेत्रमा गर्मीका बेला पर्यटकको संख्या अधिक रहने गर्दछ।  पर्यटकीय क्षेत्र सम्म पुग्ने सडक लगायतका भौतिक पूर्वाधार विकासमा जोड दिइएपछि १२ महिना यहाँ आन्तरिक बाह्य पर्यटक पुग्न थालेका छन्।

पर्यटकीय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटकीय क्षेत्रबारे जानकारी दिन सूचना केन्द्र, प्रवेशद्वार, पिकनिक स्पट निर्माण र दृश्यावलोकनका लागि भ्यु टावरको निर्माण गरिएपछि एकान्त प्रकृतिमा रम्न चाहनेका लागि बेदकोट क्षेत्र गतिलो गन्तव्य बन्न थालेको छ।

पर्यटकीयरूपमा आकर्षणका केन्द्रका रूपमा रहेका प्राकृतिक वेदकोट ताल पुरातात्विक सम्पदा संरक्षण र धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाले भौतिकपूर्वाधार विकासका लागि कार्यहरू अगाडी बढाएको छ।

ताल छेउमै निर्माण गरिएको भ्यु टावरबाट बेतकोट धार्मिक क्षेत्र र तराईको दृश्यावलोकन सहजरूपमा गर्न सकिन्छ। बेदकोटा पुग्ने पर्यटक भ्युटावरमा चढेर सेल्फी लिन र फोटो खिच्ने भने बिर्संदैनन्।

बेदकोट धार्मिक क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगर बाट २२ किलोमिटर टाढा रहेको छ। वेदकोट नगरपालिकाको दैजी जोगबुढा सडकमा गाडी चढेर सहज रुपमा यस क्षेत्रमा पुग्न सकिन्छ। सडक कच्ची रहे पनि स्तरोन्नतिको कार्य चालू अबदेखि अगाडि बढाइने लागेको नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दको भनाइ छ।परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरूले यस क्षेत्रमा आएर वेदधुनी जगाएकाले यस क्षेत्रको नाम वेदकोट रहन गएको जनश्रुति रहेको छ। यो क्षेत्र प्राचीन कालमा ऋषिमुनिहरूको तपोभूमिका रुपमा समेत परिचित रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.