|

कालिकोट : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले पानीमा भिज्दै प्रदेश सरकारबाट निमार्णाधीन योजनाहरूको अनुगमन सुरु गरेकी छिन्। कालिकोट जिल्लामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट परेका योजनाहरूको अनुगमन सुरु गरेकी हुन्।

मंगलबार कालिकोट आइपुगेकी मन्त्री केसीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिका संचालित विभिन्न योजनाहरूको अनुगमन गरेकी छन्।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट निर्माण गरिएका पचालझरना गाउँपालिकाको भुरा बगर हुँदै कोटिला सडक खण्ड, पलाँता गाउँपालिकाको थिर्पु सैन हुँदै धौलागोह खण्ड, रास्कोटमा निर्माणाधीन रंगशाला, स्याउ सुपरजोन, कृषि सडक अनुगमन तथा उद्घाटन, हाइटेक नर्सरीको अनुगमन,

रास्कोट रंगशाला कर्णाली चौर, शान्नी त्रिवेणी गाउँपालिकामा सञ्‍चालित अर्गानिक मोडल गाउँ मेहलमुडी लगायतका विभिन्न योजनाहरूको अनुगमन गरिएको कर्णाली प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले बताए। ‘यहाँ वर्षा भइरहेको छ।

वर्षाको पर्वाह नै नगरी प्रदेश सरकारबाट सञ्‍चालित योजनाको अनुगमन गरिएको छ।’ उनले भने्, ‘कालिकोटका सबै ठाउँमा योजनाको अनुगमन गर्ने लक्ष्य राखेको छौं।’

अहिले विभिन्न योजना पार्ने र योजनाको रकम हिनामिना गर्ने कर्णालीको चलन रहेको त्यसको अन्त्य हुनुपर्ने भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्। ‘कर्णाली योजना खाने नामले बदनाम हुँदै गएको छ।’ उनले भनिन्, ‘हामी त्यसको पूर्ण अन्त्य चाहन्छौं।’

कर्णालीमा बसी खाने प्रथाको उन्मूलन गर्दै संस्थागतरूपमा हुने अनियमिततालाई रोक्दै समग्र विकासमा लागि लाग्न सबैलाई लाग्न मन्त्री केसीले आग्रह गरिन्। ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको नारालाई सार्थक बनाउनका लागि कर्णालीवासीलाई अवसर आएको छन्।’ उनले भनिन्, ‘कृषिमा आत्मनिर्भर बनाउनका लागि सबैले आवश्यक रहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.