|
file Photo

भद्रपुर, (झापा) : झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका ५ बस्ने ४० वर्षीय पुष्कर भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार दमक नगरपालिका ५ स्थित पुरानो पाथीभरा एफएम छेउको भित्री सडक खण्डमा मे ३ प ४३०५ नम्बरको मोटरसाइकलले  पैदलयात्रीलाई बुधबार बेलुका ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर पठाइएको थियो। उनको उपचारको क्रममा सोही हस्पिटलमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

यता मोटरसाइकल चालक दमक ५ बस्ने २२ वर्षीय नवीन राईसमेत दुर्घटना परी घाइते भएका छन्। उनको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ। यता ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.