कालिकोट : कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ। बुधबार रातिदेखि भएको वर्षाका कारणले पहिरो जादाँ बिहान १० बजेबाट अवरुद्ध भएको थियो।
बिहानदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो ४:१५ बजे खुलेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। ‘हामीले गगनेखोला र दहीखोलामा सधै वर्षायाममा पहिरो जाने भएका डोजर तयारी अवस्थामा राखेका छौँ’ उनले भने, ‘अवरुद्ध भए तत्काल राजमार्ग खोल्न कुनै समस्या छैन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।