|

सुनसरी : इटहरीमा बाढीले बगाएर एक युवक बेपत्ता भएका छन्। इटहरी५ स्थित जनता बहुमुखी क्याम्पस अगाडिको सुकुमारी खोलाले बगाएर सीमरबना घर भई सोही स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३५ वर्षका सागर थापा बेपत्ता भएका हुन्। 

थापाको स्थायी घर उदयपुर रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शमिरचन्द्र खरेलले जानकारी दिए। बिहीबार बिहान ११ बजे घरनजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए। सोही क्रममा युवकलाई बढीले बगाएको स्थानीयले जनाएका छन्।

प्रहरी, स्थानीय व्यत्तिहरूको उपस्थितिमा बेपत्ता युवकको खोजी कार्य भइरहेको खरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.