|

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरूलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ। समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने र रोजगारी श्रृजनासमेत हुने बताए। बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयबाट यो कर्जा लिन सकिने उनको भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरूको वित्तीय पंहुचमा थप सघाउ पुग्ने बताए। उहाले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिसबमोजिम लगानी भएको कर्जामा संस्थागत जमानतसमेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.