संसद बैठक पुस १२ गतेसम्म स्थगित

|

काठमाडौं: संसद बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति कायम हुन नसकेपछि आइतबारको लागि तय भएको संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमालेबीच सदन खुलाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्म स्थगित भएको हो।

संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने भन्दै एमाले सहित सात दलले संसद अवरोध गर्दै आएका छन्। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सदन खुलाउने विषयमा हालसम्म छलफल हुन सकेको छैन।

दलहरुबीच संवादहीनताको अवस्था भएपछि सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सात दलका शीर्ष नेताको बैठक बोलाएकी छिन्।

उनले ११ गते अपरान्ह ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए। 'दलहरुबीच सहमतिका लागि संवाद नभएपछि सभामुखले सोमबार सात दलको बैठक आव्हान गर्नुभएको छ। बैठकमा सहमति जुटाउने प्रयास हुनेछ', उनले भने,' सहमति हुन नसके पनि मंगलबार संसद बैठक बस्नेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.