|

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सञ्चालनमा रोक लगाइएको छ। वर्षाको मौसम सुरु भएसँगै बाटो बिग्रिएकाले निकुञ्जभित्र जीप सञ्चालनमा रोक लगाइएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए।

वर्षाका कारण विभिन्न स्थानमा बाटो बिग्रिनुका साथै झार जंगल बाक्लिएको छ। पर्यटकको सुरक्षाको दृष्टिकोणले पनि सवेदनसिल रहेकाले निकुञ्जभित्र असार २१ गतेबाट जीप सञ्चालनमा रोक लगाइएको उनले बताए।

निकुञ्जका अनुसार वर्षातको मौसम सकिएपछि पुन सुचारु हुनेछ। सूचना अधिकारी घिमिरेले भने ‘अहिले बाटो मर्मत गरे पनि पानी जम्ने, बाटो हिलो हुने, खाल्डो पर्ने हुन्छ, पानी रोर्किएपछि मर्मत सम्भार गर्ने र असोज १ बाट सञ्चालन हुन्छ।’

सौराहा, मेघौली, कसरा र अमलटारीबाट गरी करिव ६५ वटा जीपले पर्यटकलाई निकुञ्जभित्रका विभिन्न भागमा घुमाउने गर्दछ। जीपले निकुञ्ज प्रवेश गर्दा एक पटकमा ५ हजार तिर्नुपर्छ भने व्यक्तिगत रूपमा पनि प्रवेश शुल्क तिर्नुपर्छ। हात्ती, गैँडा, बाघ हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी निक्कै लोकप्रिय छ।

विश्वमै लोपउन्मुख अवस्थाका जंगली जनवार र निकुञ्जका मनोरम दृष्य अवलोकनका लागि हरेक वर्ष लाखौँ पर्यटक चितवन भित्रिने गर्दछन्। निकुञ्जका अनुसार यस वर्ष २ लाख ५० हजार बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्।

२९ करोढ बढी राजस्व संकलन

आर्थिक वर्ष सकिनै लाग्दा असार २५ सम्ममा २९ करोड बढी राजस्व संकलन भएको निकुञ्जले जनाएको छ। आम्दानीको मुख्य स्रोतका रूपमा रहेको जीप सफारी, डुंगा, हात्ती सफारी, जरिवाना, जंगल वल्क, ढुंगा गिटीबापतको शुल्कलगायत गरी करिब २९ करोड बढी राजस्व संकलन भएको निकुञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.