|
प्रतीकात्मक तस्वीर

काभ्रे : बेथानचोक गाउँपालिका १ लामिडाँडाका भरत तिमल्सिना घर निर्माण गर्ने क्रममा घरको छानाबाट लड्दा सख्त घाइते बनेका छन्।

घर निर्माण गर्ने काम गर्दै आएका उनी साँझ छानाबाट लडेका हुन्। लडेर घाइते भएका उनीको हात भाँचिनुका साथै हात तथा शरीरका विभिन्न भागमा चोट लागे पनि अविरल वर्षाको कारण उनलाई उपचारका लागि अस्पताल सम्म पुर्‍याउन नसकिएको स्थानीय गोपाल कृष्ण सापकोटाले जानकारी दिए।

केही दिन अघिदेखि परेको अविरल वर्षाको कारण जिल्लाको विकट क्षेत्र डाँडापारी प्रवेश गर्ने सबै जसो सडकखण्ड अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। अविरल वर्षासँगै उक्त क्षेत्रका सडक पूर्णरूपमा बन्द हुनुका साथै विभिन्न क्षेत्रमा गएको पहिरोका कारण गोरेटोबाटो समेत हिँडन नसक्ने अवस्था रहेको स्थानीयले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.