वान डे विश्वकपमा नयाँ च्याम्पियन पक्का

|

काठमाडौँ : उपाधि दाबेदारमध्ये एक साविक विजेता अस्ट्रेलियामाथि सहज जित निकाल्दै आयोजक इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। 

न्युजिल्यान्डसँग उपाधि भिडन्त पक्का गर्ने क्रममा इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ बनाउन सफल भएको थियो। 

जवाफी ब्याटिङमा उत्रेको इङ्ल्यान्डले ३२ ओभर खेल्दै २ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य पुरा गर्यो। योसँगै वान डे विश्वकप क्रिकेटको उपाधि पनि नयाँ टिमले लैजाने पक्का भएको छ। 

यसअघि बलियो टोली भारतमाथि जित निकाल्दै किवी टोली न्युजिल्यान्ड फाइनलमा पुगिसकेको छ। बर्मिङ्घममा बिहीबार खेलाइएको विश्वकपको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो।

यस जितका साथ इङ्ल्यान्डको टिम २७ वर्षपछि फाइनलमा पपुगेको छ। उसले पछिल्लो पटक सन् १९९२ भएको फाइनल भिडन्तमा पाकिस्तानसँग हार भोगेको थियो। इङ्लिस टोली चौथो पटक  विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। यसअघि उसले हारको सामना गर्नुपरेको थियो।  

अब उपाधि भिडन्त १४ जुलाईमा लर्ड्सको मैदानमा न्युजिल्यान्डविरूद्ध हुनेछ। न्युजिल्यान्डको टिम लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। पछिल्लो पटकको उपाधि भिडन्तमा उसले अस्ट्रेलियासँग हार भोगेको थियो। उसले पनि अहिलेसम्म एउटा उपाधि जितेको छैन। यसले पहिलो पटक विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन पाइनेछ। 

५ पटकको विजेता अस्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा हारेको हो। यसअघि उसले सात पटक सेमिफाइनल म्याच जितिसकेको छ। अहिलेसम्का १२ वटा विश्वकपमा योसहितत पाँच पटक अस्ट्रेलियाले विश्ववकपको उपाधि भिडन्त गर्ने छैन। 

एजबेस्टन ग्राउन्डमा अस्ट्रेलियाको टिमले पहिले ब्याटिङ गर्दै ४९ ओभरमा २२३ रन बनाएर अलआउट भयो। उसा लाग स्टीभ स्मिथले ८५ रनको पारी खेले।  इङ्ल्यान्डका लागि क्रिस वोक्स र आदिल रशिदले ३-३ विकेट लिए। जवाफमा इङ्ल्यान्डले ३२.१ ओभरमा २ विकेट गुमाउँदै २२६ रन बनायो। उसका लागि जेसन रोयले ८५ रनको सानदार पारी खेले।

अस्ट्रेलिया विश्वकपमा सन् १९९२ पछि पहिलो पछक इङ्ल्यान्डसँग हारेको हो। ५ मार्च १९९२ मा सिड्नी क्रिकेट ग्राउन्डमा इङ्ल्यान्डको टिम ८ विकेटले विजयी भएको थियो। त्यसपछि अस्ट्रेलियन टिमले विश्वकपमा इङ्ल्यान्डविरूद्ध ४ पटक जित निकालेको छ।  इङ्ल्यान्डले हारको यो क्रम अब तोडेको छ। उसले १९७५ को विश्वकपको सेमिफाइनलमा ब्यहोरेको हारको बदला पनि लिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.