अर्थ

२४ सै घण्टा बिजुली : फेरिदैंछ सर्वसाधारणको दैनिकीदेखि राष्ट्रिय अर्थतन्‍‍‍त्र
SHARES

पुस ९, २०७३

    काठमाडौं: कात्तिक महिना देखि काठमाडौं उपत्यका अध्येँरो मुक्त भएको छ। देशैभर लोडसेडिङ घटेको छ। ‘अहिले कुनै पनि शहरमा सांझ बिहानको पीक आवरमा बढीमा दुई घण्टाभन्दा बढी लोडसेडिङ भएको छैन्। देशै भर लोडसेडिङ हटाउने हाम्रो तयारी जारी छ’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुनाउँछन्।

    ‘उपत्यकामा लोडसेडिङ हटाउने र देशभर लोडसेडिङ घटाउने काममा सफल भएपछि कुलमान सबैको प्रिय पात्र बनेका छन्। लोडसेडिङ व्यवस्थापनको कारण अहिले सामान्य व्यक्तिको जनजीवन देखि राष्ट्रिय अर्थतन्‍‍त्रमा समेत सकारात्मक प्रभाव देखिएको छ।

    आयत व्यापार

    लोडसेडिङ घट्दा मुलकको आयत व्यापारको वृद्धिदरमा कमी आउँछ।

    कात्तिक महिनादेखि उपत्यकामा इन्भटर, सोलार प्यानल, व्याट्रीको, इमर्जन्सि लाइट लगायतका सामाग्रीको आयत करीब ठप्प छ। यी सबै सामान विदेशी बजारबाट नेपालमा आयत हुन्थ्ये।  यसको मूख्य बजार काठमाडौं उपत्यका थियो। तर लोडसेडिङ घटेपछि अब विदेशबाट यस्ता सामान ल्याउनुपर्ने बाध्यता टरेको छ। डिजेलको खपत घटेको छ।

    डिजेल खपत घट्छ, सोलार, इन्भटर, इमरजन्सी लाइट लगायतका सामाग्रीको आयत ठप्प हुदा पनि वार्षिक २० देखि २५ अर्ब रुपैयाँको आयत घट्छ

    नेपाल उद्योग वाणिज्य महासंघमा उर्जा समिति सभापति ज्ञानेन्द्रलाल प्रधान लोडसेडिङ नहुँदा वार्षिक २० देखि २५ अर्बको सामाग्री आयतमा कमी आउने बताउँछन्।'डिजेल खपत घट्छ, सोलार, इन्भटर, इमरजन्सी लाइट लगायतका सामाग्रीको आयत ठप्प हुदा पनि वार्षिक २० देखि २५ अर्ब रुपैयाँको आयत घट्छ’ प्रधान भन्छन्। 

    उनी लोडसेडिङ अन्त्यसँगै विद्यूत उत्पादन वृद्धिमा ध्यान पुर्‍याउन प्राधिकरणलाई आग्रह गर्छन्। 'विद्युतमा हामी कसैको भर नपर्नु पर्ने भयो भने व्यापार सन्तुलनमा सहयोग पुग्‍नेछ’ प्रधानले भने। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ३ सय २० अर्ब रुपैयाँको सामान आयत भएको छ।

    निर्यात व्यापार

    विद्युतको आपूर्ति बढेपछि त्यसको सोझो प्रभाव निर्यात व्यापारमा पर्ने व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक ईश्‍वरी घिमिरे बताउँछन्।

    लोडसेडिङ नुहदा यसै वर्षमा हाम्रो निकासीमा १२ देखि १५ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ

    ‘बन्द रहेका साना ठुला उद्योगहरुले पुन उत्पादन सुरु गरेको पाइएको छ। सञ्चालनमा रहेका उद्योगहरुको उत्पादन क्षमता वृद्धि भएको छ, यसको प्रभाव निकासी व्यापारमा पर्छ,’ घिमिरेले भने,'लोडसेडिङ नहुँदा यसै वर्षमा हाम्रो निकासीमा १२ देखि १५ प्रतिशतले वृद्धि हुने अनुमान छ।'

    उद्योग विभागका निर्देशक दुर्गा भुसाल विद्युत कटौति नहुँदा नेपाली उद्योगको मनोवल वृद्धि भएको बताउछन्। ‘लोडसेडिङ नहुँदा उद्योगहरुको उत्पादन क्षमता वृद्धि भई नाफा समेत बढ्छ। यसले नयाँ लगानीकर्ताहरुको मनोबल वृद्धि गर्छ’ भुसालले भने।

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार जम्मा ५ सय १३ अर्ब रुपैयाँको छ। नेपालमा रहेको उद्योगहरुले आफ्नै उत्पादन क्षमताको ४८ प्रतिशत मात्रै उत्पादन गर्छन्। 

    उत्पादन मूल्यमा कमी

    स्वदेशी उद्योगीहरुले नेपाली उत्पादनको उत्पादन लागत बढी हुँदा अन्ताराष्ट्रिय बजारमा प्रतिस्‍पर्धा गर्न गाह्रो भएको बताउँदै आएका थिए। 

    अहिले देशैभर लोडसेडिङ हटाउने तयारी नेपाल विद्युत प्राधिकरणले गरिरहँदा उद्योगीहरु पनि हर्षित छन्।

    ३० रुपैयाँको विजुलीले गर्न सक्ने काम सय रुपैयाँको डिजेलले गर्न सकिदैन तर अहिले सम्म डिजेलको प्रयोगबाट जनेरेटर चलाएर उत्पादन गर्नु पर्ने अवस्था थियो

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन् ‘केही समयमै विद्यूत खपत घटाउ हैन, विद्युतको प्रयोग गर भनेर हामीले भन्‍नुपर्ने छ’

    कुलमानको यो प्रतिबद्धताका कारण पनि उद्योग व्यवसायीहरु निकै आशावादी देखिएका छन्।विद्युत नभएका कारण नेपाली उत्पादनहरुको उत्पादन लागत वृद्धि भएको थियो। ‘३० रुपैयाँको बिजुलीले गर्न सक्ने काम सय रुपैयाँको डिजेलले गर्न सकिदैंन तर अहिलेसम्म डिजेलको प्रयोगबाट जनेरेटर चलाएर उत्पादन गर्नु पर्ने अवस्था थियो’ महासंघका उर्जा समिति सभापति ज्ञानेन्द्रलाल प्रधानले बताए।

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ईश्‍वरी घिमिरेले पनि विद्युतको कारण नेपाली वस्तुको उत्पादन लागत अत्यन्तै बढी र अन्तराष्ट्रिय बजारसँगको प्रतिस्पर्धा कम भएको बताउँछन्। अबका दिनमा भने नेपाली वस्तुको उत्पादन लागत घट्ने र त्यसको प्रभाव निकासी व्यापारमा पर्न सक्ने उनी बताउँछन्।

    प्राधिकरणका कर्मचारीको उच्च मनोवल

    नेपाल विद्युत प्राधिकरणका कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई भन्छन्,‘प्राधिकरणका कर्मचारी देख्यो कि विद्युत काट्नको लागि जागिर खाएको जस्तो गर्थे, विद्युत महसुल तिर्न आउनेहरु पनि रिसाउँदै तिर्थे’ तर अहिले विद्युत प्राधिकरणका कर्मचारी भेट्दा सम्मानजनक व्यवहार गर्छन्,' भट्टराईले भने।  कोहीले सम्मान  उनको जस्तै अनुभव प्राधिकरणका कार्यरत कर्मचारी माधव अधिकारीको । ‘गत वर्ष सम्म विद्युत प्राधिकरणमा काम गर्छु भन्‍न पनि लाज लाग्‍ने गर्थ्यो अहिले त्यहाँ काम गर्छु भनेपछि सबैले सम्मान गर्छन्’ अधिकारीले सुनाए।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको काममा जहाँ कहीबाट सहयोग पुगेको अनुभव सुनाउँछन्। ‘अहिले जुनसुकै मन्त्रालयमा प्राधिकरणको काम भनेपछि छिटो काम हुन्छ, सम्माननीय प्रधानमन्त्रीले समेत प्राधिकरणको कामममा खुलेर सहयोग गर्न निर्देशन गर्नु भएको छ, दैनिक काम कारबाही गर्न सहज भएको छ,’ घिसिङले भने।

    सर्वसाधरणको दैनिकी

    लोडसेडिङ नहुँदा सबैभन्दा बढी लाभान्वित उपत्यकावासी भएका छन्। दैनिकी सहज भएको छ।

    ‘बत्ती आयो कि छोरा– छोरीका कपडा आइरन गर्ने,  पानी तताउने कि, उज्यालोमै खाना पकाउन मन लाग्‍ने तार हतारमा गर्दा पनि काम सकिन्‍न थियो। अिहले अहिले खुब सजिलो भएको छ,’ हाल काठमाडौं मैतेदेवीमा बस्दै आएकी झापाकी सम्झना गिरीले भनिन्,'क्षमतावान् एउटा मान्छे हुँदा यति ठुलो चमत्कार हुदो रहेछ ,' उनले भनिन्।

    लोडसेडिङको मारमा उच्च र मध्यमवर्गभन्दा ज्यादा निम्‍न वर्गिय परिवार परेको थियो। उच्च र मध्यमवर्गले धेरै खर्च गरेर जेनेरेटर,इन्भर्टर लगायतका व्याकअप प्रविधि प्रयोग गर्दै विद्युत प्रयोग गर्ने गरेका थिए। तर निम्‍नवर्ग लोडसेङिङ हुँदा अध्येरोमै बस्‍न बाध्य थियो।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]