|

क्यानडाबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान ‘टर्बुलेन्स’ मा परेपछि ३५ जना यात्रु घाइते भएका छन्।

एयर क्यानडा–३३ विमान टर्बुलेन्समा परेपछि अमेरिकी राज्य हवाइको  होनोलुलुको विमानस्थलमा  आकस्मिक अवतरण गराइएको थियो।  त्यहाँ यात्रुहरुको स्वास्थ्य जाँच गरिएका थियो भने  होटलहरूको बन्दोबस्त गरिएको थियो। 

के हो टर्बुलेन्स?

टर्बुलेन्स भन्नाले हावामा अचानक हुने हलचल भन्ने बुझिन्छ। जसका कारण हावाको तापक्रम तथा अन्य कारणले उडिरहेको विमान त्यहाँ पर्दा निकै हल्लिने गर्छ।

एअर टर्बुलेन्स खासगरी सफा र शान्त आकाशमा अचानक हुने हुँदा यसबारे कसैलाई थाहा हुँदैन।  विभिन्न वेगमा बगिरहेका हावासँग जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुन्छ। यसलाई आँखा वा सामान्य राडारले पनि पत्ता लगाउन सक्दैन।

सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको ठाउँ थाहा पाउन सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.