|

सल्यान :  जिल्लाको दार्मा गाउँपालिका – २ लिघाछापमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन्। लिघाछापका ५५ वर्षिय कालो कामी श्रीमती ६० वर्षिया पौकली कामी, बुहारी २१ वर्षीया निर्मला विक रहेका छन्। 

यस्तै ११ वर्षीया नातिनी लक्ष्मी विक र २ वर्षीया संरचना विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान च्याउ खाएका उनीहरू अकस्मात बिरामी भएपछि सल्यान अस्पताल ल्याइएको थियो। उनीहरुको अवस्था अहिले सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा. अजुर्न बुढाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.