समाज

बाढीले वीरगञ्ज महानगर डुबानमा
SHARES

असार २७, २०७६

    पर्सा : अविरल वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ  डुबानमा परेका छन्। महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन्।

    बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका बाहिर जानसमेत कठिनाइ भएको स्थानीयले बताए। उद्धारका लागि तयारी अवस्थामा रहे पनि अहिलेसम्म कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनले उद्धारटोली र पाँचवटा डुंगा तयारी अवस्थामा रहेको बताए।

    डीईओसी (डिस्ट्रिक इमरजेन्सी अपरेसन सेन्टर) मार्फत पीडितको व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

तुलसी भण्डारी

पत्रकार भण्डारी थाहाखबरका पर्सा संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]