|

डडेल्धुरा : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ। जिल्लामा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं हाजिर हुन भनेको हो। 

‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म अस्पतालमा कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौँ’ संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

बुधबार दिउँसो स्थानिय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन्। 

आक्रमणपछि अस्पतालका चिकित्सकहरुले विज्ञप्ति जारी गरी सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नभएसम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणा समेत गरेका छन्।

सरोकारवालाबीच छलफल

डडेल्धुरा अस्पतालमा भएको घटनाबारे सरोकारपक्ष बिच बिहीबार छलफल भएको छ। आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै अस्पतालका डाक्टरहरुले अस्पतालको सेवा अवरुद्ध गरेपछि बिहीबार दिनभर नै विभिन्न स्थानमा छलफल भएका छन्। 

विभिन्न सरोकारवालाबीच भएको छलफल पश्चात अस्पतालका डाक्टरहरुलाई सेवामा फर्किन आग्रह गरिएको छ। घटनाले ठूलो रूप लिएपछि जिल्ला समन्वय समिति डडेल्धुराको नेतृत्वमा सर्वपक्षीय बैठक गरिएको हो। त्यसपछि दुईपक्षबीच छलफल गरिएको र घटनामा भएका कमीकमजोरी सच्याउने गरि बैठक सकिएको एक सहभागीले बताए। 

छलफलमा डडेल्धुरा अस्पतालका चिकित्सकहरुले आफूहरुमाथि बेलाबेला भएको दुव्र्यवहारले डडेल्धुरा अस्पतालमा बस्ने वातावरण नभएको बताए। कार्यक्षेत्रमा असुरक्षित महसुस गरिरहेको उनीहरूले बताए।

बुधबार शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गर्दै स्थानीयले शवको पूर्ण पोष्टमार्टम नहुँदै शवघाट लागेको चिकित्सकले बताएका छन्। 

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आफूले जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नमा कुनै कमि नगरेको दाबी गरे। अस्पतालमा पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गराउने भन्दै तत्काल काममा फर्किन प्रजिअले चिकित्सकहरुलाई सुझाए।

वडाध्यक्षको स्पष्टोक्ति

सरोकारवालाहरुको बैठकमा अमरगढी नगरपालिका–११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काले घटनामा आफूलाई जोड्नु गलत भएको बताए। आफन्तको मृत्युको शोकमा रहेका बेला गम्भीर प्रकृतिका आरोप लगाउनु गलत भएको अध्यक्ष खड्काले बताए। 

आफ्नो वडाका नागरिकले गरेको दुर्व्यवहारबारे चिकित्सकहरूसँग क्षमायाचना गरिसकेको र अध्यक्षको नेतृत्वमा आक्रमण भयो भन्नु गलत भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.