|

अफ्रिकन कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ। क्वाटरफाइनलको अन्तिम खेलमा ट्युनिसिया विजयी भएपछि सेमफाइनल समिकरण पुरा भयो। ट्युनिसिया १५ बर्षपछि प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो।

बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो। सेमिफाइनलमा अब ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ।

माडागास्करलाई पराजित गर्ने क्रममा ट्युनिसियाले सबै गोल दोस्रो हाफमा सम्भब बनायो। खेलको ५२औं, ६० औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ट्युनिसियाले माडागास्करलाई ३–० ले पराजित गर्यो।

त्यस्तै अर्को खेलमा सेनेगलले भने बेनिनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गर्दा अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.