|

जनकपुरधाम : दुई दिनदेखिको लगातार वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेको छ। वर्षा जारी छ । बजार सुनासानजस्तै छ । 

जनकपुरस्थित अञ्चल अस्पताल परिसरमा समेत पानी जमेको छ। विमानस्थलमा पानी जमेर उडान प्रभावित बनेको छ। सडकमा उचित ढल निकास नहुँदा घर र पसलमा पानी पसेको छ। बजार क्षेत्रभन्दा बस्ती बढी प्रभावित भएको प्रहरीले बताएको छ।

जनकपुर मुरली चोकका बैजनाथ साहले घरमा पानी पसेको बताए। उनका अनुसार यस क्षेत्रका केयौंको घरमा पानी पसेको छ। पानी जमेर घरमा पसेपछि जनजीवन प्रभावित बनेको छ।

जनकपुरकै पुल चोकस्थित सडक पोखरी झैँ बनेको छ। सडक मर्मत समयमा नगर्दा यसरी पानी जमेको स्थानीयको गुनासो छ। प्रदेश २ को मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्रालयहरु रहेको मधेस भवनमा पनि पानी जमेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.