|

कालीकोट : सुर्खेत–जुम्ला राजमार्गको २३२ किलोमिटर सडकखण्डमा वर्षा सुरु हुन साथ सास्ती दिने गर्दछ। 

२०६३ चैत ३० देखि सञ्चालनमा आएको उक्त सडक साँघुरो बाटो, भिरालो जग्गा, खोला तथा नदीमा पुल नभएकाले वर्षायाम सुरु हुनासाथ उक्त सडकखण्डमा यातायातका साधान अवरुद्ध हुने गर्दछ।

कर्णाली राजमार्गको दैखोला र गगनेखोला सधै पहिरो जाने भएका कारणले यात्रुहरुले झनै सास्ती ब्यहोर्नु परेको छ। कर्णाली राजमार्गको दैलेखको किटुुदेखि कालीकोटको राँचुलीसम्मको सडक कठिन मानिन्छ। यो सडकखण्डमा वर्षा याममा कहाँ कतिबेला पहिरो आउने, कतिबेला कता के हुने हो पत्तो नहुने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। 

‘राँचुली, पिली, सुनार खोला, सेरिघाट, दैखोला, गगनेखोलालगायत ठाउँमा पहिरो जाने गरेको छ,’ उनले भने, ‘यो ठाउँमा स्तरोन्नति गर्न थालिएको छ। तर, पानी पर्दासाथ पहिरो आउने भएकाले समस्या हुने गरेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.