|

दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले दरबार हत्याकाण्डको छानविन गर्ने बताएका छन्। 
प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले उच्चस्तरीय छानविन आयोग बनाएर दरबार हत्या काण्डको छानविन गर्ने अन्तिम तयारी भैरहेको बताए।

उनले सरकारका एकजना मन्त्रीले दरबार हत्याकाण्डका विषयमा छानविन गर्नुपर्ने चर्चा गरेको बताए। मन्त्रीपरिषद्मा हत्याकाण्डको छानविन गर्नुपर्ने प्रस्तावन नआएको उनको भनाइ छ।

उनले पूर्वराजाले दलहरुको विवादमा खेलेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए। ज्ञानेन्द्रले संविधान, गणतन्त्र र संघियताका विरुद्ध बढी बोल्दै गए दुख पाउने उनले बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गर्दै देशमा अस्थायि सत्ता हाबी भएको जनाएपछि अहिले राजनीतिक नेताहरुले यस विषयमा विभिन्न प्रतिक्रिया सार्वजनिक गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.