काठमाडौं : नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी प्रवेशद्वार छेउ अनामनगर तर्फको पर्खाल ढलेको छ। सिंहदरबारलाई घेर्न बनाइएको पर्खाल सडक तर्फ ढलेपछि यातायात आवतजावतमा समस्या भएको छ।
महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको। भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बनेको थियो। मर्मत अभावमा जीर्ण बनेको पर्खाल ढलेको हो। हाल हिजोदेखिको निरन्तर बर्षाका कारण पर्खाल ढलेको अनुमान गरिएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।