दुईजना यात्रु घाइते

|

काठमाडौं : नेपालगन्जबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलस्थित धावनमार्गमा चिप्लिएको छ। बिहान १० बजेर १५ मिनेटमा नेपालगन्ज एयरपोर्टबाट उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको होl 

धावनमार्गबाट चिप्लिएको जहाजलाई अहिले निकाल्ने काम भइरहेको नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ। धावनमार्गबाट यतिको जहाज चिप्लिँदा दुईजना यात्रु घाइते भएका छन्। जहाज चिप्लिएपछि अहिले उडान सबै बन्द भएको छ।

नेपालगन्जबाट ७० जना यात्रुसहित आएको यतिको एटीआर विमान धावनमार्गबाट चिप्लिएको हो। विमानस्थलका सूचना अधिकारी तेजबहादुर पाैड्यालका अनुसार घाइतेसहितका सबै यात्रुलाई उद्धार गरिसकिएको छ । 

'ठुलो दुर्घटना होइन, लगातारकाे बर्षातले गर्दा विमान रनवेबाट स्लिप खाएको अनुमान हामीले गरेका छौँ। अहिले रनवेबाट विमान निकाल्ने प्रयास भइरहेको छ', पौड्यालले भने, 'सामान्य घाइते भएका दुवैजनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ। उनीहरुको अवस्था समान्य छ।'

विमान रनवेमै भएकाले अहिले विमानस्थल बन्द रहेको पौड्यालले बताए । 'अहिले विमानस्थल बन्द भएको छ', उनले भने, 'विमान हटाउनेबित्तिकै उडान सुचारु हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.