|

सुर्खेत : जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ । 'लामालाई घुससहित पक्राउ गरिएको छ', अख्तियारका प्रवक्ता कोइरालाले भने, 'लामा एकजना पक्राउ परेका छन्। यसबारे विस्तृत विवरण आइसकेको छैन।'

यो पनि : बिपी प्रतिष्ठान धरानका उपकुलपति आठ लाख घुससहित पक्राउ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.