|
विषादी परीक्षणको अनुगमनमा कृषिमन्त्री

काठमाडौं : भारत र तेस्रो मुलुकबाट भइरहेको तरकारी तथा फलफूलको विषादी परीक्षण रोकेपछि आलोचित बनेका कृषिमन्त्री चक्रपाणी खनाल शुक्रबार बिहानै कालिमाटी पुगे। 

कालिमाटी तरकारी बजार भित्रको विषादी प्रयोगशालामा छड्के अनुगमनका लागि पुगेका मन्त्री खनालले फलफूल तथा तरकारीको विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र आफूले प्रुधानमन्त्री केपी शर्मा ओलीलाई पनि देखाएको बताएका छन्। 

'भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र मैले नै प्रधानमन्त्रीलाई दिएको हो', उनले भने। दूतावासले पठाएको पत्र नेखाएर मन्त्री र कर्मचारीहरुले नदेखाएर फुलाई गुमराहमा राखिएको जनाउँदै प्रधानमन्त्री ओलीले बिहीबार संघीय मन्त्रालयमा भएको कार्यक्रममा माफी नै मागेका थिए। 

'दूतावासले सिधै पत्र लेख्ने हुन्छ कि हुँदैन? हामीले भारतका कृषिसँग सम्बन्धित निकायसँग कुरा गरिरहेका छौँ', उनले भने, 'पत्र पहिला दूतावासबाट परराष्ट्रलाई लेखियो। अनि त्यसको बोधार्थ हामीलाई पनि दिइयो । त्यसपछि मैले उक्त पत्र प्रधानमन्त्रीलाई दिएको हो।’ 

मन्त्री खनालले शंका लागेका बेलामा भारतबाट मात्रै नभइ विश्वको कुनै पनि कुनाबाट आएको सामानमा विषादी चेकजाँच गर्न सकिने उनले बताए। 'प्रत्येक नाकाकामा प्रत्येक गाडीबाट स्याम्पल निकालेर चेक गर्नुपर्छ', उनले भने, 'अहिले जुन रुपमा विषादीबारे भयावह वअस्था खडा गरिएको छ त्यो होइन।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.