|

म्याग्दी : आर्थिक वर्षको अन्त्यमा सयौं योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ।

एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत

हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको विदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौं उपभोक्ता समितिले नगरपालिकाबाट पाउनु पर्ने भुक्तानी रोकिएको छ। नगरपालिकाको प्रशासन तथा लेखा शाखामा  भुक्तानी गर्नु पर्ने सयौं योजनाका फाईलको चाङ लागेको छ।

बेनी नगरपालिकाको स्वीकृत कार्यक्रम अनुसार विधुतिय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका, २ भकुण्डेस्थित

अर्जुन माध्यामिक विद्यालयका प्रधानध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदी विच बुधवार विवाद भएको थियो। लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शीर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगिसकेकोले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो।

लेखा अधिकृत हिँडेपछि काम ठप्प

‘आर्थिक वर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पूरै ठप्पै भएको छ। समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर बिल भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुर्व्यवहार भएछ’ प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले भने, ‘विदा लेखेर जानुभएको छ, फर्काउने प्रयत्न जारी छ, संभव भइरहेको छैन।’

तीन हुनुपर्नेमा चार हुँदा समस्या

लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ‘आफूमाथि दुर्व्यवहार’ भएको तथा साउन ५ गतेसम्मका लागि घरबिदा मागेका छन्। नगरपालिकाले ६

लाख ५० हजारका दरले ३ वटा माध्यामिक विद्यालयमा ई–पुस्तकालयका लागि बजेट विनियोजन गरेको थियो। तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भुलवश’ तीन स्कुल हुनुपर्नेमा चारवटा स्कुललाई ई–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ।

मेरो कुनै गल्ती छैन : प्रअ

अर्जुन माविका प्रधानाध्यापक खत्रीले आफ्नो कुनै गल्ती नभएको बताएका छन्। ‘योजना सम्पन्न भएपछि पूरै प्रमाणको फाइल बोकेर भुक्तानी लिन गएको थिएँ’ प्रअ खत्रीले भने, ‘प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरिसकेपछि फाइल लगेर लेखा अधिकृतसँग जाँदा उहाँले भुक्तानी दिन नमिल्ने भन्दै अपमानित गर्न खोजेपछि

मैले ‘तपाईंलाई पनि कुनै शिक्षकले पढाएर नै यो ठाउँमा पुग्नुभएको हो, शिक्षकलाई अपमानित गरेर आफ्नो हैसियत नबिर्सनुस् भनेको हुँ।’ यस विषयमा प्रतिक्रिया माग्न लेखा अधिकृतसँग सञ्‍चारसम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.