|

काठमाडौं : नेपालगन्जबाट काठमाडौं आएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी-४२२ (नाइन एन एएमएम) विमान बिहान ११.५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो । 

विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको विमान कम्पनीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । सामान्य घाइते भएका दुई यात्रुलाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ।

धावनमार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएका छन्।

महाप्रबन्धक क्षेत्रीका अनुसार यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.