|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको  से १ क १०३१ नम्बरको बसमाथि शुक्रवार रूख खसेर क्षतिग्रस्त बनेको छ।

विद्यार्थी भने जोगिएका छन। बस गुड्दै गरेका बेला एकाएक रूख खसेको हो। दुई विद्यार्थीलाई सामान्य चोट लागेको भएता पनि अन्य विद्यार्थी र चालक सकुशल रहेका छन्।

'बस विद्यार्थी बोकेर सिमलफाँटातर्फ जादै थियो' स्थानिय प्रत्यक्षदर्शी रामदत्त जोशीले भने, ‘गुड्दै गरेको बसमाथि एक्कासी रूख खस्यो। अब अनिष्ट भयो भनेर सोचेका थियौं। कुन दैवले सबै विद्यार्थीलाई जोगायो।’

'पसल र घरमा रहेका बासिन्दाले दौडेर सबै विद्यार्थीलाई बाहिर निकाल्यौं' अर्का प्रत्यक्षदर्शी चक्र बहादुर साउदले भने, ‘दुई जना विद्यार्थीलाई झयालको सिसा लाग्दा समान्य चोटबाहेक कसैलाई केही भएन।’

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार बसमा सवार दुई जना विद्यार्थी सामान्य घाइते भएका छन्। घाइते विद्यार्थीको शुक्लाफाँटा मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन्।

सडक छेउ छाउका रूख व्यवस्थापन नगर्दा दुर्घटना भएको उनको भनाइ छ। सालका रूखको बीच सडक रहेको छ। वर्षायाममा रूखहरू ढल्ने गरेका भए पनि सोही सडकमा सवारी आवागमनको कार्य हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.