|

काठमाडौं : केही दिनयता मनसुन सक्रिय भएपछि देशको मध्य र पूर्वी क्षेत्रमा निरन्तर पानी परिरहेको छ। देशका पश्चिमी क्षेत्रमा पनि पानी पर्ने क्रम बढ्दै गएको छ।

देशभरका प्रायः ठाउँमा मौसम बदलीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आगामी आइतबारसम्म देभर भारी वर्षा हुने विभागले जनाएको छ।

विभागले  देशको पूर्व र मध्यक्षेत्रमा भारी बर्षा हुने जनाएको छ। पूर्वी क्षेत्रका तराई र मध्य पहाडमा पनि भारी बर्षा हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

‘तीन दिनसम्म तगातार बर्षा हुने भएकाले  पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्छ। पूर्व र मध्य तराईका नदीहरुमा जलको बहाव बढ्न सक्ने छ', विभागले भनेको छ, 'त्यसैले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। देशभर हवाई तथा सडक यातायातमा पनि अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।‘

यी  क्षेत्र उच्च जोखिममा

देशभर भारी वर्षा हुन थालेपछि  जल तथा मौसम विज्ञान विभागले देशभरका १८ स्थानलाई बाढी-पहिरोको जोखिममा रहेको भन्दै उच्च सतर्क अवस्थामा रहन आसपासका बासिन्दालाई आग्रह गरेको छ।

नारायणी, कोसी, बागमती, कमला र कनकाई नदीको तटमा पर्ने १८ स्थानमा 'हाई एलर्ट' जारी गरिएको छ। नारायणी तटमा पर्ने रजैया, मकवानपुर गढी, रौतहटको केलहवी, सिलिङ्गे, कोसीको तटमा रहेको कोसी खोला पनौती, माने भञ्‍यायङ, लेटाङ्ग र बागमती नदीको तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ। 

त्यसैगरी चिसापानी गढी, रौतहटको गरुडा, सिन्धुलीको नेपालथोक, हरिहरपुर गढी, कमला नदीको तटीय क्षेत्रमा पर्ने चिसापानी बजार, जिनाखु, राणीबास र तितरिया क्षेत्र हाई एलर्टमा रहन भनिएको छ।

यस्तै कानकाई नदीको शोकटिम चिया स्टेशन र कन्याम चिया स्टेशन क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ। बागमती नदीको तराई क्षेत्रमा बहाव खतरामाथि जाने देखिएको छ। प्रदेश १,२ र ३ का चुरेक्षेत्रका खोलाहरुमा बहाव बढी हुने भएकाले यस क्षेत्रका बासिन्दालाई सावधान रहन र सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। त्यस क्षेत्रमा कुनै बेला बाढी आउन सक्ने भनिएको छ।

धेरै पानी सिमरा र विराटनगरमा

देशभरमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी विराटनगर र सिमरामा परेको छ। २४ घन्टामा विराटनगरमा १७२ मिलिमिटर पानी परेको छ। सिमरा २०२ मिलिमिटर पानी परेको छ। यस्तै धनकुटामा १०३ मिलिमिटर पानी परेको छ।

ओखलढुङ्गामा १०७ मिलीमिटर पानी परेको। विभागक अनुसार देशको पश्चिमी भागमा भन्दा पूर्वी भागमा भारी बर्षा भएको छ। २४ घन्टामा पोखरामा सबैभन्दा कम पानी परेको छ। पोखरामा ०.५ पाँच मिलिमिटर पानी परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.