|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले अधिवक्ताहरूलाई दलीय भावनाबाट माथि उठ्न आग्रह गरेका छन्।

नेपाल वार एशोसिएसन केन्द्रीय कार्यालयले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राउतले दलीय भावनाअनुरूप अधिवक्ताले पनि अभिव्यक्ति दिनु चिन्ताको विषय भएको बताए। उनले भने, ‘कानुनको रक्षाको महत्त्वपूर्ण जिम्मेवारी अधिवक्ताको हुन्छ। त्यसैले दलिय भावनाबाट माथि उठ्न नसके विकास सम्भव छैन।’

मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयनको लागि नेपाल वार एशोसिएसनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले संविधान स्पष्ट रहेका व्यवस्थामा पनि तीनै तहका सरकारबीच मतभिन्नता भइरहेको हुँदा त्यसलाई स्पष्ट व्याख्या गर्न वारको भूमिका महत्त्वपूर्ण रहेको बताए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलीय र जातीय चिन्तनबाट बारलाई माथि उठेर संघीयता कार्यान्वयनको पक्षमा अगाडि बढनु पर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.