|

काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौंको कुलेश्वर क्षेत्रमा डुबान भएको छ। कुलेश्वरस्थित ओरियन्टल कोलोनीसहितको भूभाग जलमग्न भएको हो।

कुलेश्वरमा रहेका कुलेश्वर अपार्टमेन्ट, म्याट्रो अपार्टमेन्ट र  ओरियन्टल कोलोनी डुबानमा परेपछि नेपाली सेनाले रबर बोट (डुङ्गा) लगेर स्थानीयबासीको उद्धार गरिरहेको छ। 

स्थानीयबासीका अनुसार कुलेश्वर क्षेत्रका अधिकांश घरमा पानी पसेको छ। पहिलो तल्ला पुरै डुबेपछि स्थानीयको उद्धारमा सेना र प्रहरी पुगेका स्थानीयबासी सुनिल श्रेष्ठले जानकारी दिएका छन्। 

बाढी पसेपछि स्थानीयका सामान डुबेका छन। बाढीले ग्यासका सिलिण्डर, भाँडाकुँडा र अन्य सामान बगाएको छ। 'डुबान भएपछि कुलेश्वरको ओरियन्टल कोलोनी क्षेत्रमा २ ट्रक सेना र सशस्त्र प्रहरी खटिएका छन्', श्रेष्ठले थाहा खबरसँग भने, 'बल्खुको बोक्सी दह हरेक वर्ष उर्लेर आउँछ। ग। ओरियन्टल कोलोनी बोक्सी दहकै छेउमा भएकाले हरेक वर्ष डुबानमा पर्छ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.