|
समाचार प्रतिनिधि तस्बिर

काठमाडौं : राजधानीको सामाखुसीबाट एक लाख रुपैयाँ घुससहित चारजना प्रहरी पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार सामाखुसीस्थित एउटा मिठाई पसलबाट एक लाख रुपैयाँ घुससहित चारजना प्रहरी रंगेहात पक्राउ परेका हुन्। 

घुस लेनदेन भइरहेको जानकारी पाएपछि पुगेको अख्तियारको टोलीले छापा मारेर ट्राफिकका तीनजना र दुई नम्बर गणका एकसहित चारजना प्रहरी जवानलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरीको नाम खुलाइएको छैन। 

उनीहरुले बिम रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिन एकजना सेवाग्राहीबाट उक्त घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी कोइरालाले थाहाखबरलाई दिएका छन्। 

सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ 

बिपी प्रतिष्ठान धरानका उपकुलपति आठ लाख घुससहित पक्राउ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.