देशको मध्य र पूर्वी भागमा मानवीय क्षति, १६ बेपत्ता, १३ घाइते

|
Representative Photo

काठमाडौं : मुलुकभर बिहीबारदेखि अविरल वर्षा भइरहेको छ। पहाडी र हिमाली क्षेत्रमा बाढीऔपहिरो गइरहेको छ। तराई क्षेत्र डुबानमा परेको सूचना आइरहेका छन्।

काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्‍न क्षेत्रमा १७ जनाको मृत्यु भइसकेको छ। बेपत्ता हुनेको संख्या १६ पुगेको छ। १३ जना घाइते भएका गृहमन्त्रालयले जानकारी दिएको छ। बेपत्ताहरूको खोजी जारी रहेको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बाढी, डुबान र पहिरो पीडितको उद्दार कार्य जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। सुरक्षाकर्मी र विभिन्‍न मन्त्रालय मातहतका निकाय उद्दारमा खटिएका उनले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन्।

मनसुन सुरु भइसकेकाले वर्षा तत्काल रोकिने लक्षण रहेको छैन। खोला नाला नजिक बस्नेलाई सचेत रहन पनि सरकारले आग्रह गरेको छ। त्यस्तै, गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले सतर्कता अपनाउन आह्वान गरेको छ। केन्द्रले ८ बुँदामा सतर्कतासम्बन्धी जानकारी जारी गरेको छ।

पढ्नुहोस्, केन्द्रबाट जारी वर्षातको समयमा अपनाउनुपर्ने सतर्कता रअत्यावश्यक सुरक्षाका उपायबारेको जानकारी:

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.