|

सुनसरी : नेपालमा हुने १३ औं दक्षिण एसियाली गेम (साग) खेलका लागि बास्केट बलको बन्द प्रशिक्षण धरानमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र राईले धरान उपमहानगरपालिकाको लगानीमा धरान रंगशाला परिसरमा बनेको बहुउद्देश्यीय कर्वड हलको निरीक्षण गर्दै यस्तो जानकारी गराएका हुन्।

नेपालका बिभिन्न जिल्लामा मंसिर १५ देखि २५ सम्म साग गेम हुँदैछ। धरान उपमहानगरको खेलकुद विकास समितिको पहलमा २० लाख लगानीमा इनडोर खेलका लागि तयारी गरिएको हलमा बन्द प्रशिक्षण तथा प्रतियोगिताकै लागि उपयुक्त भएको निर्देशक राईले जानकारी दिए।

गेममा अफगानिस्तानसहित ८ वटा देशका करिब एक हजार खेलाडीले २७ विधाका लागि काठमाडौंमा प्रतिस्पर्धा गर्ने छन्। १२ औं साग खेल सन् २०१६ मा भारतको आसाममा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.