|

काठमाडौं :  काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ मजुवामा पहिरोले तीन घर क्षतिग्रस्त भएका छन्। पहिरोले अनेरास्ववियुका पूर्वउपाध्यक्ष दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा क्षति पुर्‍याएको हो ।

गौतमका अनुसार पहिरोले मजुवा गाउँ नै जोखिममा परेको छ । पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छाडेका छन् । ‘पहिरो झर्ने क्रम रोकिएको छैन। पानी परिरहेकाले उद्धारमा समस्या भएको छ,’ गौतमले भने, ‘बिहानको समयमा पहिरो झरेकाले मानवीय क्षति भने हुन पाएन ।’

उनका अनुसार अहिलेसम्म तीन घरमा क्षति पुगेको छ । मजुवा गाउँ नै पहिरोको जोखिममा परेको उनले बताए । यसैगरी, कुशल कृषि समूहको बाख्रा  फार्म पनि पहिरोमा परेको छ । 

फार्ममा भएको क्षतिको एकिन नभएको सञ्चालक लीलानाथ गौतमले बताए । पहिरो गएको क्षेत्रमा गाउँपालिका अध्यक्ष दिलनाथ गौतम नेतृत्वको टोलीले अवलोकन गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.