|
फाइल फोटो

हुम्ला : तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका ३ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको भित्ता भत्किएको छ।

अविरल वर्षाका कारण ज्ञानज्योति आधारभूत विद्यालयको कक्षा कोठाको भित्ता भत्किँदा पठनपाठनमा समस्या निम्तिएको हो। विद्यालयको शौचालयमा पनि क्षति पुगको शिक्षक बलराम शाहीले बताए।

कक्षा चारको कक्षा कोठा विद्यालयको पछाडिबाट पहिरो गएर विद्यालयको भित्ता पूरै भत्काएको छ। बाँकी रहेका कक्षा कोठामा टिनबाट पानी चुहिएर कक्षामा पठनपाठन गराउन समस्या भएको शिक्षक शाहीले बताए।

‍हुम्लाका उत्तरी तीन गाउँपालिकामा भारी वर्षा भइरहेको छ भने दक्षिण गाउँपालिकामा भने वर्षा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। अहिलेसम्म धनजनको क्षति सूचना प्राप्त नभएको उनले बताए।

अविरल वर्षाका कारण कर्णाली नदीको बहाव गत वर्षभन्दा यस वर्ष बढेको उनको आशंका छ। उनले कर्णाली नदी र खोला नालाका  छेउछाउका बस्तीहरूमा सजकता अपनाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.