|
फाइल फोटो

भद्रपुर, (झापा) : खोलाले बगाउँदा झापामा एक व्यक्ति बेपत्ता भएका छन्। खोलाले बगाउँदा मेचीनगर नगरपालिका १४ स्थित दुवागढी बस्ने ४५ वर्षीय सुकुल हाँस्दा बेपत्ता भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार दिउँसो भद्रपुर नगरपालिका ९ प्रणामी नगर फुलबासा स्थित हडिया खोला तर्ने क्रममा हाँस्दा बेपत्ता भएको हो। बेपत्ता भएका हस्दाको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। बेपत्ता भएको व्यक्तिको प्रहरी चौकी चाराआली, घोडामारा प्रहरी चौकी र स्थानीयवासीले खोजी गरिरहेका छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.