उद्धारका लागि सेनाको हेलिकोप्टरको माग

|
फाइल फोटो

रौतहट : रौतहटको बागमती नदीको बगरमा गाईभैँसी चराउन गएका १७ जना गोठाला बागमती नदीमा फसेका छन्। जिल्लाको बृन्दावन नगरपालिका-१ बलरीखोरका १७ जना नदीमा फसेका हुन्।

उनीहरूलाई अविरल वर्षाको कारण बागमती नदीमा आएको बाढीले ति गोठाला फसेका हुन्। उनीहरू रूखमा चढेर उद्धारको लागि हारगुहार गरिरेहेको स्थानीयबासीले बताएका छन।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकोप्टर मगाइएको बताएका छन्। त्यहा प्रहरी र सेनासमेत उद्धारको लागि पठाइएको उनले बताए।

त्यस्तै, बागमतीमा एक जना वेपत्ता भएका छन्। गढीमाइ नगरपालिका-६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवी बेपत्ता भएकी हुन्। महिला बेपत्ता भएको सूचना आएको तर अझसम्म पुष्टी नभएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ। उक्त घरहरू डुबानमा परेका छन्।

यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा छन्।

यस्तै, अर्को बागमती नदीको बाध भत्किएर गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उता भारतीय पक्षले दशगजा सीमा नाकामा ठूलो बाँध बनाएपछि सीमाक्षेत्रका बस्तीमा पानी जम्मा हुन थालेको छ।

बागमती नदी र बकैया नदीबाट बाध फुटाएर पसेको बाढी भारतले बाधेको बाधमा जमेको छ। जसको कारण सीमा क्षेत्रमा रहेको सदरमुकाम गौर लगायतका गाउँ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.