|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अबिरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिएका हुन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरूको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिएका हुन्।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या भारत सरकारसँग कुरा गरेर खुलाउनु भएको पनि बताए। त्यसैगरी, प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा पनि गरेका छन्।

सरकारी तथ्यांक अनुसार हालसम्म बाढि, पहिरो र डुबानबाट देशभरका गरी १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन्।

मन्त्री बाँस्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए। बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ।

मन्त्री बाँस्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.