समाज

बालविवाह गरेको आरोपमा बेहुला-बेहुलीसहित चारजना पक्राउ
SHARES

फाइल फोटो
असार २७, २०७६

    सल्यान : जिल्लामा बालविवाह गरेको आरोपमा प्रहरीले दुलाहा र दुलहीसहित चार जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका–४ पिपलनेटा निवासी १८ वर्षीया दुलाही र १७ वर्षीय दुलाहा, दुलाहाकी आमा र विवाहमा सहभागी पण्डितलाई  पक्राउ गरिएको हो।

    बिहीबार बालविवाह हुन लागेको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए।

    घटनामा संलग्न ६६ वर्षीय पण्डित अशोक गौतमलाई नियन्त्रणमा लिइएको उनले बताए। आरोपित सबैलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहीले बताए। यसअघि पनि स्थानीयको सहयोग र प्रहरीको सक्रियतामा बालविवाह रोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]