सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका-२ सत्तरीमा शुक्रबार साँझ दुई बस आफसमा ठोक्किदा २८ जना घाइते भएका छन्।
बुटवलबाट सुर्खेत आउँदै गरेको पूर्व-पश्चिम यातायातको ना४ख ३८२७ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काँक्रेविहार बस व्यवसायी समितिको ना६ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नाम नखुलेका एक जना ड्राइभरको उपचार गर्न नेपालगञ्ज लिइएको छ भने १८ जना देउती अस्पताल र ९ जनाको माया मेडिकल हलमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।