|

स्विस स्टार रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। उनले स्पेनिस स्टार राफेल नाडाललाई पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरे। शुक्रबार राति सेन्ट्रल कोर्टमा भएको खेलमा तेस्रो बरियताका फेडेररले दोस्रो वरीयताका स्पेनिस राफेल नाडाललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरे।

फेडेररले सुरुवाती सेट ७–६ ले जिते पनि दोस्रो सेट १–६ ले गुमाउन पुगेका थिए । तर बाँकी दुई सेटमा फेडेररले ६–३ र ६–४ ले खेल आफ्नो पक्षमा पार्दा नाडाल स्तब्ध रहे। फेडेरर नवौँ पटक उपाधि दाबेदारीमा रहेका छन्।

उनले फाइनलमा आइतबार शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नेछन्। जोकोभिचले बाउटिस्टा अगुटलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भए। फेडेररले फाइनलमा जोकोभिचलाई हराए नवौँ पटक यो प्रतियोगिताको उपाधि जित्ने सर्वाधिक खेल जित्ने मार्टिनासँगको रेकर्ड बराबरी गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.